बुधबार नेप्सेमा करेक्सन आएको छ।

लगातार चार दिन नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।

बुधबार नेप्से परिसूचक ३५.३७ अंकले घटेको छ।यस दिन नेप्से १.६२ प्रतिशतले घटेर २१५०.९९ बिन्दुमा पुगेको छ।

बुधबार नेप्से परिसूचक घटे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ पुगेको छ।

यस दिन २८० वटा धितोपत्रको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच भएको हो। बुधबार तीन वटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।