सबै ठाउँमा जमानत जफत, उपचुनावमा राजावादीको बिजोग


कृष्ण बुढाथोकी

दोलखा। बैशाख १० मा भएको उपनिर्वाचन चितवन–२, बारा २ र तनहुँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जमानत खुम्चिएको छ । हिन्दु राष्ट्र, राजतन्त्र र सङ्घीयता खारेजको मुद्दा उठाउँदै आएको राप्रपाले उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा भएको पुरानो अस्थितो समेत जोगाउन सकेन । तनहुँ– १ मा रास्वपाका स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत ल्याएर विजयी हुँदा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत आएको छ। यस्तै एमालेलेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याउँदा राप्रपाकी शोभा गुरुङले २१८ मत मात्र आएको छ ।
विगत मङ्सिर ४ मा सम्पन्न आम चुनावमा विनोदकुमार घर्तीले २ हजार ४ सय ४८ मत आएको थियो । बैशाख १०को उपचुनावमा तनहुँ– १ मा राप्रपाको २ हजार २३० मत हराएको छ । मङ्गलवार बिहान ११ बजेसम्मको मत गणनाअनुसार बारा–२ मा जसपाका उम्मेदवार उपेन्द्र यादव जितउन्मुख देखिन्छन् । उनले १३ हजार ८०४ मत पाउँदा जनमतका शिवचन्द्र कुशवाहाले ९२३१ मत ल्याएका छन् । यस्तै एमालेको पुरुषोत्तम पौडेलले ४ हजार ४७७ मत पाउँदा रास्वपाका रमेश खरेलले २० हजार ३१ मत पाएका छन् ।
त्यसै गरी आम जनता पार्टीका अरुण ज्ञवालीले १५ सय ८६ मत पाउँदा राप्रपाका उम्मेदवार सोनालालप्रसाद साह तेलीले ५३ मत पाएका छन् । आम चुनावमा भने राप्रपाका उम्मेदवार तेलीले नै ४६९ मत पाएका थिए।
आज जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी आम चुनावको भन्दा उल्लेख मत बढाउँदा राप्रपाको मत खुम्चिन पुगेको छ । चितवन–२ मा रास्वपाका रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएर विजयी भएका छन् भने कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएर दोस्रो भए । यस्तै एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाउँदा राप्रपाका जीव लाल पुरीले ३६१ मत मात्र पाएको अवस्था छ । मङ्सिरमा भएको चुनावमा राप्रपाका रविन अधिकारीले ९५५ मत पाएका थिए । अहिले राप्रपाले ५ सय भन्दा बढी मत गुमाएको छ ।

सम्बन्धित खबर