२०८० जेष्ठ १५, सोमबार
दोलखा । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भएका छन । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको बैठकमा सहभागी हुन आईजीपी कुँवर सिंगापुर जाने भएका हुन् ।
जेठ २४ मा कुँवर सिंगापुर प्रस्थान गर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । कुँवरसँग प्रहरी प्रधान कार्यालय स्थित इन्टरपोल शाखाका प्रहरी उपरीक्षक एसपी अनुपम शमशेर जबरा पनि साथमा सहभागी हुने भएका छन् ।
इन्टरपोलको नियमित बैठक जेठ २५, २६ र २७ मा सिंगापुरमा आयोजना गरिएको छ ।