आइतबार, ०७ असोज २०८०, दोलखा। आइतबार प्रेस काउन्सिल नेपालले कर्मचारीहरुलाई सार्वजनिक विदा दिएको छ। शनिबार काउन्सिलको ५४ औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी विनियमावलीअनुसार काउन्सिलले आइतबार सार्वजजिक विदा दिएको हो।

काउन्सिलको कर्मचारी विनियमावली २०७९ अनुसार वार्षिकोत्सवको भोलिपल्ट विदा दिने व्यवस्था छ। सोही विनियमावली अनुसार कार्यालय बन्द रहने शनिबार काउन्सिलद्वारा जारी सूचनामा उल्लेख छ।