काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न आवेदनका लागि ३ दिन म्याद थप गरेको छ।
महानगरको शिक्षा विभागले आइतबार सूचना जारी गर्दै साउन १२ गते राती ११ः५९ सम्मका लागि राखेको अवधि थपेको हो।
यससँगै अब साउन १५ गते दिउँसो ३ बजेसम्म आवेदन दिन पाइनेछ।