सरकारले अब सुन कर छुटमा लिंगका आधारमा छुट दिने व्यवस्था गरेको छ।
सरकारले लिएको आर्थिक विधयेकले यात्रुले ल्याउने सुनको कर छुटमा लिंगका आधारमा छुटको व्यवस्था गरिएको हो।
विगतमा विदेशबाट फर्कने यात्रुहरूले ५० ग्रामसम्मको सुनमा कर नतिरे पुग्ने गरेकोमा अब भने यसलाई लिंगको आधारमा कर छुटको व्यवस्था गरिएको छ।
विदेशबाट फर्किएको पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने छ भन २५ ग्रासम्मलाई कर छुट दिइएको छ। महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ।
© 2025, Online Bulletin