आज बुधबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ को बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका २६२ कम्पनीका ८७ लाख ३६ हजार १ सय २८ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५ सय ७१ रुपैयाँ ९४ पैसाको कारोबार भएको छ । जस मध्ये प्रभु बैंकको संस्थापक शेयरको सर्वाधिक ३४ करोड २८ लाखको कारोबार भएको छ।
त्यस्तै शिवम सिमेन्टको ११ करोड ६५ लाखको कारोबार भएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनआईसी एसिया बैंकको क्रमश ६ करोड ५१ लाख र ६ करोड ६ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्। जस मध्ये उत्पादन तथा प्रशोधन समुह सर्वाधिक ३.५३ प्रतिशत घटेको छ।
आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै माई खोला हाइड्रोको शेयर मूल्य ६.४३ प्रतिशत बढेको छ। आज युनिलिभर नेपालको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने अशियाँ हाइड्रोको शेयर मूल्य ९.७५ प्रतिशत घटेको छ।
आज कारोबारमा आएका मध्ये २०३ कम्पनीको शेयर मूल्य घटेको छ भने १६ कम्पनीको शेयर मूल्य बढेको छ।
© 2025, Online Bulletin