स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन्।
उनले मन्त्रिस्तरीय निर्णय गर्दै बुधबार आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्। मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन्।
जिम्मेवारी हेरफेर भएसँगै औषधि व्यवस्था विभागको महानिर्देशक नारायण ढकाल भएका छन्।
परोपकार प्रसूति गृह स्त्रीरोग अस्पतालको निर्देशक डा. श्रीप्रसाद अधिकारी भएका छन् भने राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा. बद्री रिजाललाई दिइएको छ।
राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा भरत भट्टराईलाई पठाइएको छ।
त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. रूद्र मरासिनी र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निर्देशकमा डा. अनुज भट्टचनलाई जिम्मेवारी तोकिएको छ।
यसैगरी मन्त्री बस्नेतले डा. चुमनलाल दास र डा. यदुचन्द्र गौतम मन्त्रालयमा काम गर्नेगरी जिम्मेवारी दिएको छ।
© 2025, Online Bulletin