विगतको भ्रमणभन्दा फरक र सफल रह्यो- प्रधानमन्त्री प्रचण्ड


अनलाईन बुलेटिन संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण सफल र परिणाममुखी रहेको बताएका छन्।

भारतको ४ दिने औपचारिक भ्रमण सकेर शनिबार बेलुका स्वदेश फर्केका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन आफ्नो भारत भ्रमणले महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले विगतमा थाती रहेका विषयहरूलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग खुलस्त कुराकानी भएको पनि बताए ।

‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बनाउन यस भ्रमणले योगदान गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भई विश्वासको वातावरण सृजना भएको छ भने थाँति रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ। नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु। सारभूत रुपमा यो भ्रमण परिणाममुखी रहेको छ। भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरेको छ।’

सम्बन्धित खबर