नागार्जुनमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते


कृष्ण बुढाथोकी

असार २९, काठमाडौँ । काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् ।


गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।


घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित खबर