गायिका समीक्षा अधिकारीले दुई दिनमा सातवटा गीत रेकर्ड गरेकी छन्।
सोमबार ७ वटा गीत रेकर्ड गरेकी उनले मंगलबार पनि त्यही रफ्तारमा गीत रेकर्ड गरेकी हुन्।
मंगलबार उनले ५ वटा गीत रेकर्ड गरेको बताएकी छन्। रेकर्डिङका तस्बिर समेत सामाजिक सञ्जालमा राखेर उनले यसबारे जानकारी गराएकी हुन्।
उनी पछिल्लो समय व्यस्त गायिका हुन्। केही समय रोकिएको उनको गायन यात्रा एक महिनायता पुरानै लयमा फर्किएको हो। गत फागुनमा अचानक अस्ट्रेलिया उडेकी उनी वैशाखमा सांगीतिक क्षेत्रमै फर्किने घोषणासहित नेपाल आएकी हुन्।
पछिल्लो एक महिनायता उनी प्राय हरेक दिन गीत रेकर्ड गरिरहेकी छन्।
© 2025, Online Bulletin