२ हजार बिन्दुमाथि उक्लियो नेप्से


अनलाईन बुलेटिन संवाददाता

साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएको छ।

आज नेप्से परिसूचक ३४.१७ अंकले बढेको छ। यस दिन नेप्से १.७२ प्रतिशतले बढेर २०२०.६४ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँ पुगेको छ।

यस दिन २७० वटा धितोपत्रको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर किनबेच भएको हो।

सम्बन्धित खबर