द बर्गर हाउस एन्ड क्रन्ची फ्राईड चिकेनका संस्थापक वसन्त लामाले बर्गर ग्रुपलाई पब्लिक कम्पनी बनाउने योजना अघि सारेको बताएका छन् ।
बुधवार बर्गर बिजनेस कन्फ्रेन्समा बर्गर हाउसका संस्थापक एवं मेलुङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष वसन्त लामाले बर्गर ग्रुपलाई प्राइभेटबाट पब्लिक कम्पनी बनाउने तयारीमा जुटेको स्पष्ट पारे ।
लामाले बर्गर हाउसले यति थोरै समयमा धेरै ब्रान्च स्थापना गर्नु भनेको देशको अर्थतन्त्र र नयाँ व्यावसायिकलाई समयानुरुप नयाँ युगतिर लैजान सक्नु रहेको बताए । ‘अब बर्गर हाउसमा थप परिमार्जन गरेर नयाँ स्वादहरू पस्किनेछ’ उनले भने‚ ‘धेरैजसो ब्रान्चहरूले अपायक लोकेसन भए पनि राम्रै कारोबार र सफल भएको छ ।’
यस्तै कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले युवाहरू नै आर्थिक विकासको आधार भएको बताउँदै आर्थिक विकासलाई उचाइ दिन उद्यमशील बन्न जरुरी रहेको बताए ।
उनले भने‚‘उद्यमशीलतासँग नजोडिएकै कारण राजनीतिज्ञ व्यक्तिहरूमा भ्रष्टाचार मौलाएको हो ।’ उनले अबको युवापुस्ताले पेसागत राजनीति गर्नुपर्ने बताउँदै उद्यमशीलतासँग जोडिन आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्र सङ्कट हुनुमा सरकार र राष्ट्र बैङ्कको तालमेल नमिलेको बताए।
व्यवसायीहरू आर्थिक सङ्कटको मारमा परेको विषयमा आफू जानकार रहेको भन्दै सांसद वाग्लेले यसबारे सदनमा कुरा उठाइने बताए । यस्तो अवस्थामा व्यवसायको क्षेत्रमा बर्गर हाउसले खेलेको भूमिका प्रशंसनीय रहेको उनले औँल्याएका छन् ।
द बर्गर हाउस हालसम्म देशभर १ सय ४८ वटा शाखा रहेको छ । कम्पनीको नीति भित्र बसेर काम गर्ने कर्मचारीहरूको स्वास्थ्य बिमा, सन्जयकोष लगायतका सुविधाहरू समेत प्रदान गरिने संस्थापक लामाले बताए ।
© 2025, Online Bulletin