सोमबार, ०४ असार २०८०
दोलखा । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको हो ।कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल एक एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

घाइतेको उपचार गर्ने, भौतिक संरचना घर पुनःनिर्माणको लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बो बताएका छन । आइतबार कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतक परिवारलाइ राहतस्वरुप रु. एक एक लाख प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बोको सचिवालले जानकारी दिएको छ ।