
मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घटेको छ।
यस दिन नेप्से १.२७ प्रतिशतले घटेर २०६४.८३ बिन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ४० करोड ८२ लाख २२ हजार ८३९ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँ पुगेको छ।
यस दिन २६८ वटा धितोपत्रको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार सिटी होटलको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य २३७ रुपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, बिपिडब्ल्यू लघुवित्त र इङ्वा हाइड्रोपावरको सेयरमूल्य ९.९९ र ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः ७५२ रुपैयाँ १० पैसा र ३२० रुपैयाँ ९० पैसा कायम भएको छ।
यसैगरी, सेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमा युनिक नेपाल लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १ हजार २२२ रुपैयाँ ९० पैसामा झरेको छ।
त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंक –(निफ्रा)को सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २३७ रुपैयाँ २० पैसामा २० करोड ५७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५४९ रुपैयाँ १० पैसामा १९ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ। वित्त समूहको परिसूचक सर्वाधिक ३.७० प्रतिशतले घटेको छ।