पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
गएराती १२ बजे देखि बन्द भएको सो सडक खण्डमा पहिरो पन्छाएपछि आज साँझ ५ः४५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको डिभिजन सडक कार्यलय भरतपुर चितवनले जनाएको छ।
करिव १८ घण्टा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्। रोकिएका सवारीसाधन गन्तव्यतर्फ जानका लागि प्रहरीले व्यवस्थापन गरिरहेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।
