मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि भएको छ।

सोलुखुम्बुको लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको कल साइन ९ एन एन एमभी हेलिकप्टरमा सवार क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना विदेशीसहित ६ जनाकै मृत्यु भएको हो।

उक्त हेलिकप्टर मंगलबार बिहान लुक्लाबाट काठमाडौंका लागि उडेको  थियो। हेलिकप्टर उडेको करिब डेढ घण्टामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

क्याप्टेन चेतबहादुर गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक थिए ।