बुधबार, २७ असार २०८०
दोलखा । भूमि सुधार विभागका तत्कालीन महानिर्देशकलाई प्रहरीले पक्राउ गरेको छ। ललिता निवासको जग्गा घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो।
सीआईबीका एसएसपी दिनेश आचार्यले उनी हिजो मंगलबार काठमाडौँबाट पक्राउ परेको पुष्टि गरे।
