आइतबार, ३१ असार २०८०
दोलखा । सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो। बैठक बस्नेबारे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा शनिबार बैठक बसिरहेका बेला एमाले उपाध्यक्ष नेम्वाङले सभामुख देवराज घिमिरे, कांग्रेसका नेताहरू र कानुनमन्त्री धनराज गुरुङलाई भेटेर उक्त विधेयक अघि बढाउन सुझाव दिएका थिए। सोही सहमति अनुसार एमालेले सो विधेयक पारित गर्न सहयोग गर्ने भएको हो। यो विधेयक ल्याउनुपर्छ भनेर हामीले पहिलेदेखि नै भनेका हौ। तर सरकारले यसमा सारै ठुलो हेलचेक्राई गर्‍यो। प्रक्रियामा पनि हेलचेक्राई नै गर्‍यो तर जे भए पनि हामी यसलाई अड्काउने पक्षमा कहिल्यै छैनौ’, नेता नेम्वाङको भनाइ छ। नेता नेम्वाङले आइतबार बिहान अध्यक्ष ओलीसँग समेत छलफल गरेर उक्त विधेयक अड्काउन नहुने धारणा राखेका थिए।