बुधबार, ०३ साउन २०८०
दोलखा । आज नेपाल र संयुक्त अरब इमिरेटस बीच क्रिकेटमा प्रतिस्पर्धा हुँदै छ। एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएई बीचमा प्रतिस्पर्धा हुन लागेको हो।
आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलम्बोमा हुनेछ। सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ।
समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन्। यद्यपि, आज प्रतिष्ठाका लागि दुवै टोली आज एक अर्कासँग आमुने सामने हुनेछन्।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो। युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो।
© 2025, Online Bulletin