बुधबार, ०३ साउन २०८०
दोलखा । नेपाली कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी परेका छन्। गत निर्वाचनमा घात, अन्तर्घात, बागी उम्मेदवार लगायतका घटनामा सो संख्यामा उजुरी परेका हुन्।
जारी केन्द्रीय समिति बैठकमा अनुशासन समितिका संयोजक तथा कांग्रेस नेता आनन्द ढुंगानाले ४६ जिल्लाबाट २१ सय उजुरी परेको बताएका हुन्। तर ती सवै उजुरीमाथि छानबिन पुरा गर्न बाँकी नै रहेको ढुंगानाले बताए।
त्यस्तै उनले ८७ जनालाई कारबाही गरिएको समेत जानकारी दिएका छन्।
