बुधबार, ०३ साउन २०८०
दोलखा । भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा बस दुर्घटना भएको छ। काठमाडौँबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हो।
दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। साँगाको पुलमुनि भीरबाट बस खसेको प्रहरी वृत जगातीका डिएसपी राजकुमार श्रेष्ठले बताए।
दुर्घटनामा घाइते यात्रुको उद्दारपछि भक्तपुरको नयाँठिमीस्थित मध्यपुर अस्पतालमा भर्ना गरिएको श्रेष्ठले जानकारी दिए।
