आइतबार, ०७ साउन २०८०
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाकी एक वालिका दुई दिनदेखि बेपत्ता भएकी छन्। कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ जनज्योति माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा १३ वर्षिया करिना थामी शुक्रवारदेखि बेपत्ता भएकी हुन्।
लेप्टुङ काफलबोटे स्थित घरमा विद्यालयबाट फर्केर विद्यालय पोशाक परिवर्तन गरेपछि घरबाट निस्किएकी उनी अझै घर नफर्किएको परिवारजनले बताएका छन्। उनी साउन ५ गते शुक्रवार रातो ज्याकेट कुर्था सुरुवाल लगाई घरबाट हिडेकी थिईन्।
तर अझै सम्पर्कमा नआएको वालिकाकी दिदी कमला थामीले बताईन्। वालिका दुई दिनदेखि बेपत्ता भएपछि उनको परिवारले खोजीका लागि आग्रह गरेका छ।
