चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ।
एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले आज बर्खास्त गरेको बीबीसीले जनाएको छ।
काङलाई बर्खास्त गरेर उनको ठाउँमा वाङ यीलाई पुनः नियुक्त गरिएको छ। गत जुन २५ यता काङ सार्वजनिक रुपमा देखिएका थिएनन्।
