आज विदेशी मुद्राको विनिमय दरमा थोरै घटबढ भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार शनिबार एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँ रहेको छ। शुक्रबार एक अमेरिकी डलरको खरिद दर १३०.८० रुपैयाँ र बिक्री दर १३१.४० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, १ युरोपियन युरोको खरिद दर १४४.०८ रुपैयाँ र बिक्री दर १४४.७४ रुपैयाँ रहेको छ। शुक्रबार १ युरोको खरिददर १४५.७० रुपैयाँ र बिक्री दर १४६.३७ रुपैयाँ थियो।
आज बेलायती पाउण्ड स्टर्लिड्डको मूल्य भने केही घटेको छ।
शुक्रबार बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६९.६१ र बिक्रीदर १७०.३९ रुपैयाँ कायम भएको थियो। शनिबार यसको खरिददर १६८.२९ र बिक्रीदर १६९.०६ रुपैयाँ कायम छ।
