बैंक तथा वित्तीय संस्थाहरूले अब आफ्नो आधार दर (बेस रेट)भन्दा पनि कम ब्याजदरमा कर्जा प्रवाह गर्न पाउने भएका छन्।
शुक्रबार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो।
तर यस्तो कर्जा नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तहले आफ्नो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता/अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको क्षेत्र एवं वर्गमा ऋण परिचालन हुनेगरी सञ्चालन गरेको कार्यक्रमका लागि मात्र न्यून ब्याजदरमा कर्जा प्रवाह गर्न पाइने छ।
यसअघि यस्तो व्यवस्था थिएन। कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा कम ब्याजदरमा प्रवाह गन नपाइने केन्द्रीय बैंकले जनाएको छ।
© २०८२, अनलाईन बुलेटिन