नेप्सेमा दोहोरो अंकको गिरावट, अपर तामाकोसी र शिवम् सिमेन्टको कारोबार शीर्ष स्थानमा


कृष्ण बुढाथोकी

मंगलबार, १६ साउन २०८०, दोलखा । नेप्सेमा आज दोहोरो अंकको गिरावट आउँदा अपर तामाकोसी र शिवम् सिमेन्टको कारोबार शीर्ष स्थानमा रहेको छ।

आज मङगलबार अपर तामाकोसीको ८ करोड ७४ लाख तथा शिवम् सिमेन्टको सात करोड नौ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। दोलखास्थित अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता ४ सय १० रुपैंयामा कारोबार भएको छ। समग्रमा आज सामान्य अंकले बढेको नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेप्से २८ दशमलव ५९ अंकले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुुले ओरालो लागेको छ। आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः १ दशमलव २७ प्रतिशत, १ दशमलव ३५ प्रतिशत र १ दशमलव १४ प्रतिशतले घटेको छ।

आज म्युचुअल फन्डबाहेक सबै उपसमूहमा गिरावट आएको छ। म्युचुअल फन्ड ० दशमलव ३५ प्रतिशतले बढ्दा निर्जीवन बिमा समूह २ दशमलव ४७ प्रतिशत, फाइनान्स समूह २ दशमलव ४३ प्रतिशत र होटेल तथा पर्यटन समूह २ दशमलव १६ प्रतिशतले घटेको छ।

सम्बन्धित खबर