माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारको प्रभाव नाफामा देखिएको छ । असार मसान्तसम्म खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको संचालन नाफा ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड ८३ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।