पोखराबाट उदाएर नेपालको पर्यटनको ‘गोल्डन ट्राङ्गल’ मानिने काठमाडौँ पोखरा र चितवनमा ‘प्रिमियम प्रपर्टी’ सन्चालनमा ल्याउन सफल बाराही हस्पिटलिटीले पोखराको नर्थ लेकसाइडमा निर्माण सुरू गरेको पाँच तारे होटल ‘बाराही सेदी’ को ४६ प्रतिशत निर्माण सम्पन्न भएको छ।
६ अर्व लागत अनुमान गरिएको होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको रहेको छ बाँकी ४९ प्रतिशत मध्ये १० प्रतिशत आइपिओमा जाने योजना छ भने ३९ प्रतिशत प्रमोटर सेयर सङ्कलन भइरहेको हस्पिट्यालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए।
बाराही सेदी लिमिटेडले गत मंसिरदेखि न्युनतम १० लाख रुपैयाँबाट प्रमोटर शेयर लिन सुरू गरेको हो। हालसम्म करिब २ सय जनाले कम्पनीको २३ प्रतिशत प्रोमोटर सेयर लिइसकेका छन् भने बाँकी १६ प्रतिशतका लागि लगानी गर्न खुल्ला रहेको उनले बताए।
क्यासिनो समेत रहने होटलमा १२ सय जना क्षमताको सभाहल निर्माणको हुँदैछ। उक्त हल निर्माण पछि नेपालकै ठूलो सभाहल बन्ने थापाले बताउँछन्।
सन् २०२६ बाट सञ्चालनमा ल्याउने योजना रहेको यस लक्जरी रिसोर्टमा हुने सभाहल नेपालकै सबैभन्दा ठूलो बन्ने बताइएको छ। होटल ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ, जसमा १४० लक्जरी रूम, १० वटा प्रेसिडेन्सियल स्वीट रुम, ११ वटा सर्भिस अपार्टमेन्ट रहनेछ।
कम्पनीले वातावणीय प्रभाव मूल्यांकन (इआईए) तथा नक्सा पास लगायतका प्रक्रिया पूरा गरि होटल निर्माण कार्य गरिरहेको थापाले जानकारी दिए ।
‘सबै प्रक्रिया पूरा गरि हामी काम गरिरहेका छौं।’ थापा भन्छन् ‘पोखरामा विगतमा लक्जरी होटलको अभाव रहेको थियो। सरकारले सन् २०१४ मा आयोजना गर्ने भनेको सार्क समिट सेवा सुविधाको अभावमा आयोजना हुन सकेको थिएन । तर बाराही सेदी सञ्चालनमा आएपछि भने यस्तो समस्या नहुने हाम्रो विश्वास छ।’
४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराका साथै चितवन र काठमाडौंमा समेत होटल सञ्चालन गर्दै आएको छ।
पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेल र बसन्ती पौडेलले १० कोठासहित प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए। सोही होटलमा पछि सुविधा थप गरी सन् १९९१ मा होटल बाराही नामकरण गरिएको हो।
पौडेलका छोराहरू विप्लव र वैभवसँगै दुई दशकभन्दा लामो समयदेखि योगेन्द्र थापासहितको टिमले बाराही ग्रुप अगाडि बढाउँदै आएका छन्। छोरा विप्लवको उच्च भिजनसहितको नेतृत्वले बाराही हस्पिटालिटी अहिले अगाडि बढिरहेको छ।
हस्पिटालिटीअन्तर्गत चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज, आभास पोखरा र बाराही काठमाडौँ सञ्चालनमा छन्।
यस्तै, ग्रुपले पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एन्ड लज समेत सञ्चालनमा ल्याएको छ।
बाराही ग्रुपका होटलहरुमा मनसुन अफर:
बाराही ग्रुपले आफ्नो ग्रुपमा सञ्चालित होटलमा मनसुन अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत चितवन मेघौलीमा रहेको बाराही जंगल लजमा २ रात तीन दिनको ३३ हजारको प्याकेज २३ हजार ५ सय रुपैयाँमा बिक्री गरिन लागेको छ।
चितवन राष्ट्रिय निकुञ्ज नजिकै २३० रोपनीमा फैलिएको लग्जरी रिसोर्टमा ३९ वटा कटेज रुम र प्राइभेट स्विमिङ पुलसहितको स्विट भिल्ला छन्।
यस्तै, कम्पनीले पोखरा लेकसाइडमा रहेको होटल बाराहीमा जोडीका लागि २ रात ३ दिनको प्याकेज जोडीलाई १९ हजार ९ सय ९९ रुपैयाँमा बिक्री गर्ने योजना बनाएको छ।
यस्तै, ग्रुपले सञ्चालनमा ल्याएको सराङकोट माउन्टेन लजमा दुई जनालाई एक रातको १४ हजारमा लक्जरेव रूम बिक्री गर्ने योजना बनाएको छ।
पोखरा लेकसाइडको ९ नम्बर मार्गमा रहेको आवास पोखरामा जोडीका लागि एक रात डिलक्स रुम, ब्रेकफास्ट, रोमान्टिक क्याण्डिल लाइट डिनर र कपल्स केकको शुल्क ६ हजार रुपैयाँ छ। रुफटप स्विमिङ पुल भएको आवाष पोखरा ३ स्टार स्ट्यान्डर्ड होटल हो।
कान्तिपथ केशरमहलमा भर्खरै सञ्चालन आएको होटल बाराही काठमाडौंमा ल्याबिस ब्रञ्च, अराउण्ड अफ ड्रिंक्ससहित स्विमिङ पुल प्रयोग गर्ने प्याकेज शनिबारका लागि उपलब्ध गराएको छ।
प्याकेजअनुसार वयस्कका लागि २ हजार ३९९ रुपैयाँ र हरेक बालबालिकालाई प्रतिव्यक्ति १ हजार १९९ रुपैयाँ शुल्क कायम गरिएको छ। यो प्याकेज उपभोग गर्न प्रि बुकिङ गर्नुपर्नेछ। सबै होटलका मनसुन अफर सेप्टेम्बर १५ सम्म लागू हुनेछ।
यसबाहेक काठमाडौंको केशरमहल अगाडि रहेको ग्रुपको नयाँ होटल बाराही काठमाडौंमा सन् २०२३ सम्म प्रति जोडीका लागि सञ्चालन अफरस्वरुप ८ हजार रुपैयाँ शुल्कमा रुम र ब्रेकफास्ट कायम गरिएको छ।
