गत आर्थिक वर्षमा सानिमा बैंकले २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१३ प्रतिशतले बढी हो।

अघिल्लो आवको सोही अवधिको बैंकले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा देखिएको सुधारको प्रभाव नाफामा पनि देखिएको छ। बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ९३ लाख ९ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा २७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड ६ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २४ करोड ४४ लाख ५५ हजार रुपैयाँ पुगेको छ। बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता १७.७३ प्रतिशतले रहेको छ। बैंकको १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा ४ अर्ब ७० करोड ७२ लाख ५४ हजार रुपैयाँ रहेको छ।