सोमबार, २२ साउन २०८०, दोलखा । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापतिहरु चयनको विषयमा छलफल गर्न आज सोमबार विभिन्न दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ।
हिजो आइतबार दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नु भएका सभामुख घिमिरेले दिउँसो १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल सहित शीर्ष नेताहरुलाई छलफलका लागि डाकिएको छ।
सय किलो सुन तस्करी प्रकरणमा विज्ञहरु सहितका उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेले दुवै सदनका बैठकहरु अवरुद्ध गरिरहेको छ। प्रमुख सचेतकहरुले शीर्ष नेताहरुसँग छलफल गर्नु पर्ने सुझाव दिए पछि सभामुखले सोमबार प्रतिनिधिसभाको बैठक बस्नु अघि शीर्ष नेताहरुको बैठक बोलाइएको हो।
प्रतिनिधिसभाको बैठक आज सोमबार दिउँसो १ बजे डाकिएको छ। प्रतिनिधिसभाको बैठक बसेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्वन गर्ने लगायत कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।
