शुक्रबार, २६ साउन २०८०, दोलखा । नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ।
दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो।
अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो।
बैठकमा आगामी दिनमा संसदमा कांग्रेसको भूमिका र जनजीविकाका मुद्दाबारे छलफल हुनेछ। डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुलम्कीस्किन रोग नियन्त्रणबारेमा सरकारको ध्यानाकर्षण गराइने छ।
बैठकका एजेन्डा बिहीबारको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले तय गरेको हो।
