शुक्रबार, २६ साउन २०८०, दोलखा । दोलखाको तामाकोशी गाउँपालिकास्थित गोपीखोलामा बस दुर्घटना भएको छ। मिर्गेबाट चरिकोट आउँदै गरेको बा।२ ख ५४२९ नबरको बस गोपीखोलामा दुर्घटना भएको दोलखाका डिएसपी दिपक खड्काले बताए।
दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइतेहरुलाई चरिकोट स्थित दोलखा सामुदायिक अस्पताल र च्छो रोल्पा अस्पतालमा उपचारका लागि ल्याइएको छ।
