सोमबार, २९ साउन २०८०, दोलखा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार चीनको भ्रमणमा जान लाग्दै छन।
यादव आज सोमबार अपराह्न साढे ४ बजे चीन प्रस्थान गर्ने समय तय भएको छ। चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा २७ औँ चीन कुनमिङमा हुने आयातनिर्यात मेला’ मा विशेष अतिथिको रुपमा यादव चीन भ्रमणमा जान लागेका हुन।
परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुने छन।
उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा लगायत रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलो पटक विदेश यात्रामा निस्कन लागेका हुन।
