नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।
मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। सोमबार १ डलरको खरिद दर १३२.२६ रुपैयाँ र बिक्री दर १३२.८६ रुपैयाँ थियो। मंगलबार बढेर खरिद दर १३२.४३ रुपैयाँ र बिक्री दर १३३.०३ रुपैयाँ पुगेको छ।
यस्तै, मंगलबार युरोपियन युरोको भाउ पनि बढेको छ। आज १ युरोको खरिद दर १४४.९३ रुपैयाँ र बिक्री दर १४५.५९ रुपैयाँ कायम भएको छ। सोमबार १ युरोको खरिद दर १४४.७७ रुपैयाँ र बिक्री दर १४५.४३ रुपैयाँ कायम थियो।
बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.१७ र बिक्री दर १६८.९३ रुपैयाँ पुगेको छ। सोमबार १ पाउण्डको खरिद दर १६७.९२ र बिक्री दर १६८.६८ रुपैयाँ कायम थियो।
आजको विनिमय दर
