डिजेल र मट्टितेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो


अनलाईन बुलेटिन संवाददाता

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

सम्बन्धित खबर