सन नेपाल लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज सोमबार साउन १ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ।

यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०% ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्दैछ। 

त्यस मध्येबाट १०% अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो। कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।