विहीबार, १८ असोज २०८०, दोलखा। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका एक पुरुष जेल चलान भएका छन्।

कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटा जेल चलान भएका हुन्। सापकोटाले गत भदौ २० गते रिपोर्टस् क्लबको एक कार्यक्रममा सहभागी भई फर्किदै गरेका यादवमाथि खुकुरी प्रहार गरेका थिए।

उनले देश बचाउन यादवमाथि खुकुरी प्रहार गरेको प्रतिक्रिया दिएका थिए। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीकोे इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो। जिल्ला अदालतको आदेशले उनी सुन्धारा कारागार चलान भएका छन्।