बुधबार, २३ श्रावण २०८१, नोबेल पुरस्कार विजेता मोहम्मद युनुस हिजो राति अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएपछि नयाँ सरकार गठन भएको हो। बङगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका थिए।

शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको हो। राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङगो लाग्ने बताए।

यसअघि युनुसको कार्यालयले आन्दोलनरत विद्यार्थीले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेको गरेको थियो।