विहीबार, १८ असोज २०८०, दोलखा। नेपाल क्रिकेट संघ ९क्यान० ले एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरेको छ। देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो।
टोलीमा कप्तान खनालसहित आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहोरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा छन्। रिजर्भमा प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव रहेका छन्।
एसीसी यू–१९ प्रिमियर कप प्रतियोगिता मलेसियामा अक्टोबर १२ देखि २४ सम्म आयोजना हुँदैछ। यसमा १६ टोलीले भाग लिँदैछन्। यसबाट शीर्ष तीन टोली यू–१९ एसिया कपका लागि छनोट हुनेछन्।
नेपाल समूह ए मा बहराइन, साउदी अरब र इरानसँग रहेको छ। नेपालले पहिलो खेलमा इरानको सामना गर्नेछ।
