अमेरिकी डलरको भाउ स्थिर, युरो घट्दा बढ्यो पाउण्ड


अनलाईन बुलेटिन संवाददाता

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

बिहीबार अमेरिकी डलरको स्थिर छ। बुधबार १ डलरको खरिद दर १३२.४३ रुपैयाँ र बिक्री दर १३३.०३ रुपैयाँ थियो। आज पनि सोही दर कायम छ।

यस्तै, बिहीबार युरोपियन युरोको भाउ घटेको छ। आज १ युरोको खरिद दर १४४.५९ रुपैयाँ र बिक्री दर १४५.२४ रुपैयाँ कायम भएको छ। बुधबार १ युरोको खरिद दर १४४.८० रुपैयाँ र बिक्री दर १४५.४६ रुपैयाँ कायम थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ भने बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.७० र बिक्री दर १६९.४६ रुपैयाँ पुगेको छ। बुधबार १ पाउण्डको खरिद दर १६८.२३ र बिक्री दर १६८.९९ रुपैयाँ कायम थियो।

सम्बन्धित खबर