सोमबार, ०४ भदौ २०८०, दोलखा । सिन्धुलीमा लडेर एक युवकको मृत्यु भएको छ।
दुधौली नगरपालिका २ स्थित गोरेटो बाटोमा लडेर ३३ वर्षीय सुनिल कुमार यादवको मृत्यु भएको हो। मधुगंगा महादेव मन्दिर दर्शन गर्न जाँदा यादव लडेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि सहरी स्वास्थ्य क्लिनिकमा लगिएकोमा उपचारको क्रममा यादवको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका थिए।