भारतले विदेश निर्यात हुने प्याजमा ४० प्रतिशत कर लगाएको छ।

भारतको वित्त मन्त्रालयले एक सूचना जारी गर्दै प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको हो। वित्त मन्त्रालयले गरेको नयाँ व्यवस्था डिसेम्बर ३१, २०२३ सम्म कायम रहनेछ।

उपभोक्ता सचिव रोहितकुमार सिंहका अनुसार आन्तरिक आपूर्ति प्रणाली सुधार गर्नका लागि प्याज निर्यातमा ४० प्रतिशत कर लगाइएको हो। अहिले भारतको आन्तरिक बजारमा प्याजको मूल्य प्रतिकिलो ३०.७२ भारु रहेको छ।

यो गत वर्षको यही अवधिको तुलनामा २०.७५ प्रतिशतले बढी हो। गत वर्ष प्याजको मूल्य प्रतिकिलो २५.४४ भारु कायम थियो।