विहीबार, ०७ भदौ २०८०, दोलखा । पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकले कोसेलीको रुपमा लैजाने पहिलो बस्तु भनेको याक चिज हो। चौंरी गाईको दुधवाट बनेको चिज र अन्य परिकारको माग वर्षेनी बढ्दो छ। तर, चिजको अस्वभाविक मुल्य बृद्धि भने रोकिएको छैन।
५ वर्ष अघिसम्म एक किलो चिजको मुल्य एक हजारदेखि ११ सय रुपैयाँसम्म थियो। तर, अहिले चिजको मुल्य बृद्धि भएर प्रति किलो २२ सयदेखि २३ सयसम्म कारोवार भईरहेको छ। चिजको लगातार मुल्य बृद्धिको प्रमुख कारण चाँहि चौंरी पालक किसानको संख्या घट्दै जानु र बजारमा उच्च माग हुनु हो। पछिल्ला १० वर्ष यता चौंरी पालक किसानहरुको संख्या वर्षेनी घटिरहेको छ। जसका कारण चिज उद्योगलाई दुधको अभाव भएर चिज र अन्य दुधजन्य पदार्थको उत्पादन पनि घटिरहेको छ।
एक दशक अघिसम्म जिरी र आसपासको उच्च हिमाली क्षेत्रमा चौंरी पालक किसानहरु धेरै थिए। हिमाली खर्कहरुमा लस्करै चौंरी देखिन्थ्यो। जिरीको बुलडाँडा, काप्ती, श्यामा, गौरीशंकर गाउँपालिकाको चंखु, मार्वु तथा रामेछापको चुचुरे, गुम्देल लगायतका क्षेत्रका किसानहरुले व्यवसायीकरुपमा चौंरी पालन गर्दै आएका थिए। चौंरीको पर्याप्त दुध पाईने भएका कारण जिरीमा चिज फयाक्ट्री देखि निजी क्षेत्रका आधा दर्जन बढी चिज उद्योग संचालनमा थिए। चरन क्षेत्रको अभाव, रोगको प्रकोप लगायतका कारण चौंरी पालक किसान पेशावाट पलायन हुन थालेपछि निजी क्षेत्रका कतिपय चिज उद्योग बन्द भएका छन्। सिमित उद्योगले उत्पादन गर्ने चिज, बटर लगायतका दुधजन्य पदार्थको मुल्य पनि लगातार उकालो लागिरहेको छ।
५ वर्ष अघिसम्म एक किलो चिजको मुल्य एक हजारदेखि ११ सय रुपैयाँसम्म थियो। तर, अहिले चिजको मुल्य बृद्धि भएर प्रति किलो २२ सयदेखि २३ सयसम्म कारोवार भईरहेको छ। चिजको लगातार मुल्य बृद्धिको प्रमुख कारण चाँहि चौंरी पालक किसानको संख्या घट्दै जानु र बजारमा उच्च माग हुनु हो। पछिल्ला १० वर्ष यता चौंरी पालक किसानहरुको संख्या वर्षेनी घटिरहेको छ। जसका कारण चिज उद्योगलाई दुधको अभाव भएर चिज र अन्य दुधजन्य पदार्थको उत्पादन पनि घटिरहेको छ।
जिरीमा पहिलो पटक २०२८ सालमा स्विस सरकारको सहयोगमा चेर्दुङ चिज फ्याक्ट्रि स्थापना भएको थियो। कुनैवेला स्विस प्रविधिवाट चिज उत्पादन गर्दै आएको चेर्दुङ चिज फ्याक्ट्रि अहिले दुग्ध विकास संस्थान मातहत संचालनमा छ। अहिले चिज र बटर उत्पादन गर्दै आएको सो उद्योगले जिरी–२ एलुङ, जिरी– ६ बुलडाँडा र गौरीशकर गाउँपालिकाको वडा नम्बर–३ र ४ झ्याँकुका किसानले पालेका चौरीको दुध संकलन गर्दै आएको छ। दैनिक ३ सय लिटर दुध संकलनगरी ३० किलो चिज र ८ किलो बटर उत्पादन हुने गरेको केन्द्रले जनाएको छ।
उद्योगवाट उत्पादन भएको चिज र बटर स्थानीय बजारमा उपभोग हुनुको साथै काठमाडौंको लैनचोरस्थित डिडिसिको विक्रि केन्द्रमा पनि पठाउने गरिएको छ। यो उद्योगवाट उत्पादन भएको चिज र बटरको होलसेल मुल्य प्रति किलो क्रमशः १८ सय ८० र १२ सय रुपैयाँ छ। चौंरी पालक किसान पेशावाट बिस्थापित हुँदै गएको र दुधको मुल्य समेत बृद्धि भएका कारण चिज र बटरको मुल्य समेत बृद्धि भएको चिज उत्पादन केन्द्र चेर्दुङका प्रमुख तेजबहादुर खड्काले जानकारी दिए।
दुग्ध विकास संस्थानको व्यवस्थापनमा संचालित चिज उत्पादन केन्द्र चेर्दुङका अलावा निजी क्षेत्रका चिज उद्योगले पनि चिज, बटर र छुर्पी उत्पाद गर्ने गरेका छन्। डिडिसीको उत्पादनको भन्दा निजी उद्योगवाट उत्पादित चिज र बटरको मुल्य भने केही कमी छ।