सात महिनामा काठमाडौंमा हराए ११ हजार मोबाइल


अनलाईन बुलेटिन संवाददाता

ढ्दो बेरोजगारी र आर्थिक संकटका कारण सामाजिक/आर्थिक अपराध निकै बढेको छ। यस्तो आर्थिक अपराधको रुपमा बैंकिंङ कसुर, ठगीदेखि मोबाइल चोरीसम्मका घटनामा वृद्धि भएको देखिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गएको सात महिनामा काठमाडौं जिल्लामा मात्रै ११ हजार भन्दा बढी मोबाइल हराएका छन्। प्रहरीले बताए अनुसार गत माघ महिनादेखि साउन महिनासम्मको अवधिमा काठमाडौं जिल्लामा ११ हजार ११८ वटा मोबाइल हराएका उजुरी दर्ता भएका हुन्।

तथ्यांक अनुसार यी मध्ये ६ हजार ५२९ वटा मोबाइल चोरी भएका हुन् भने तीन हजार ४८२ वटा हराएका हुन्। पाकेटमारी मार्फत एक हजार १०८ वटा चोरी भएको प्रहरीले जनाएको छ। हराएका मोबाइल मध्ये एक हजार ४९९ वटा फेला परेका छन् । फेला परेका मोबाइल प्रहरीले सम्बन्धित धनीलाई फिर्ता दिइसकेको छ।

सम्बन्धित खबर