शनिबार, ०९ भदौ २०८०, दोलखा । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन्।
पूर्वराष्ट्रपति ट्रम्पले फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका हुन्। सन् २०२० को निर्वाचनमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि पूर्वराष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन्। जेलमा हाजिर भएका उनलाई २ लाख डलरको जमानतमा रिहा भएका छन्। जेलबाट ट्रम्पको आधिकारिक तस्वीर मगशट जारी गरिएको छ। ट्रम्पको मगशट सार्वजनिक भएको यो पहिलो पटक हो। उनले अदालत तथा संघीय अधिकारी सामु आत्ममर्पण गरेको यो चौथो पटक हो। यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसपर्मण गरेका थिए। पूर्वराष्ट्रपति ट्रम्पले भने आफूमाथि लागेका सम्पूर्ण आरोपहरु राजनीतिक रुपमा प्रेरित भएको दाबी गरेका छन्।
