नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना


अनलाईन बुलेटिन संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन्।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्रीले पाकिस्तानसँग जितको शुभकामना व्यक्त गरेका हुन्। शुभकामना व्यक्त गर्दै उनले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरे।

नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ। पञ्जाबको मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बाट खेल सुरु हुनेछ ।

सम्बन्धित खबर