बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न सडकमा सवारीसाधन चलाउन नपाइने भएको छ।
बिहीबार गाईजात्रा पर्व र शुक्रबार नेपाल संम्वत् ११४३ गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको हो।
महानगरका अनुसार यी दुई दिन असन, केलटोल, इन्द्रचोक, मखन, हुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल र जैशिदेवलमा सवारी आवगमन निषेध गरिनेछ।
त्यसैगरी ज्याबहाल, लगन चोक, गोफल, ब्रम्हटोल, वन्डे, ह्युमत, जैशिदेबल, कोहिटि, भिमसेनस्थान र मरुटोल लगायत रुटमा सवारी साधन प्रवेशमा निषेध गरिनेछ।
