शुक्रबार, २२ भदौ २०८०, दोलखा। काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ।
महानगरले जारी गरेको विज्ञप्तिमा शिक्षण संस्थाहरू भने खुला रहने उल्लेख छ।
वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। रिजालको हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो।