काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार बेलुका ९:०५ बजे तारकेश्वर नगरपालिका-५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय आश्मा तामाङ छन्।

गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण जोगिएकी हुन्। उनी सामान्य घाइते भएको एसपी ढुंगेलले जानकारी दिए।